कञ्चनपुरमा फेरी अर्की बालिका बलात्कृत


 


कञ्चनपुर, भदौ २७
निर्मला पन्त हत्या प्रकरणका दोषी पत्ता नलागिरहेकै बेला कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको महाकाली नगरपालिकामा एक १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ । बलात्कार आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनार पक्राउ परेका छन् ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

यस्तै, बैतडीमा १० वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा जिल्लाको दोगडा केदार गाउँपालिका–७ का एक वृद्ध ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ ।

धरौटी रकम रु १० हजार तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए । स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्