साविका विजेता एपीएफ र उपविजेता न्यू डायमण्ड फाइनलमा भिड्दै


 


पोखरा, भदौ २७
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्ष पनि भिड्दैछन् । प्रतियोगिताको फाइनल आज हुँदैछ ।

तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित गरेपछि यी दुई टीमबीच फाइलन भिड्ने पक्का भएको हो ।

न्यू डायमण्डले चितवन टाइगर्सलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा तथा एपीएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सेटमा हराएको थियो ।

प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रचार–प्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्