साफ फुटबल : सेमिफाईनलमा नेपाल माल्दिभ्सविरुद्ध खेल्दै
काठमाडौँ, भदौ २७
साफ च्याम्पियनसीप फुटवल अन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले आज दिउँसो ३ः४५ बजे बंगलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ ।
पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा आज हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ ।
यसअघि सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।
प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार