आमा तीजमा दर खान गएका बेला बाबुद्वारा छोरीको हत्या


 


बाजुरा, भदौँ २६

बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ । आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार/पाँच दिनअगाडि भएको देखिएको छ । हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताउनुभयो ।

मृतक रबिनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मार्तडी ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्