गृहमन्त्री थापाले भने, ‘मन्त्री फेरबदल हल्ला मात्रै’


 


बनेपा, भदौ २६
गृहमन्त्री रामबहादुर थापाले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

काभ्रे जिल्ला सहकारी संघले प्रकाशन गरेको एक पुस्तकको विमोचनका क्रममा बोल्दै उनले अहिले नै मन्त्री फेरबदल नहुने बताए ।

उनले अहिलेको आवश्यकता भनेको राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताए । पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिएको बताउँदै उनले तर, असन्तोष र असहमति नभएको बताए ।

यसैबीच सोही कार्यक्रमपश्चात पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दे गृहमन्त्री थापाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा छानविन गरिरहेको बताए ।

उनले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला हत्याकाण्डको बारेमा पनि ध्यान केन्द्रीत भएको बताए ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्