सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, भदौ २६
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय १५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्