तीज पर्व : आज दर खाईँदै


 


काठमाडौं, भदौँ २६

हिन्दु नेपाली महिलाहरुको महान् चाड तिज अन्र्तगत आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन अन्र्तगत आज दर खाने गरिन्छ । तीजको मुख्य दिन भोली ब्रत बस्ने गर्दछन् । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्