प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?


 


काठमाडौँ, भदौ २५
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी् (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ । सचिवालयको बैठकले आवश्यक निर्णय लिने र एकता प्रक्रियालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष दाहालबीच छलफल भएको हो ।

सो अवसरमा अध्यक्ष दाहालको चारदिने भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो । समग्रमा राजनीतिक विषयभन्दा पनि विकासनिर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्