मिश्रको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत


 


काठमाडौँ, २५ भदौ
संसदीय सुनवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संसदीय सुनवाइ समितिमा मिश्र विरुद्ध चार उजुरी परेका थिए । ती मध्ये एउटा फिर्ता भएको थियो भने तीनवटाको सुनवाइ भएको थियो ।

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेका उजुरी र न्यायालयको सुधार सम्बन्धी योजनाका बारेमा सुनवाइ गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्