नेपालगञ्जबाट जंगिए देउवा, ‘अब चुप लागेर बस्दैन’


 


नेपालगञ्ज, भदौ २५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालगञ्ज पुगेर पार्टी भित्र बढेको बेतिथी देखेर आक्रोशित बनेका छन् ।

जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटनको क्रममा बोल्दै सभापति देउवाले पार्टी एकता हुन नदिने प्रवृति बढेको बताए ।

देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताए । अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको बताए । ‘अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन ।’ उनले यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुने चेतावनीसमेत दिए ।

आफ्नै पार्टी भित्र भएको अन्तरघातका कारण चुनाव हारेको उनले बताए । उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोपसमेत उनले लगाए ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्