भोजपुरमा आगलागी, ३ लाख बढीको क्षति


 


भोजपुर, भदौँ २४

भोजपुर जिल्लाको अरुण गाउँपालिका – ७ बस्ने भीमबहादुर अधिकारीको गाई गोठमा आज बिहान आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

बिहान पौने ९ बजेको समयमा गाई गोठमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा अधिकारीको ढुंगा माटोले बनेको १ तले घर, २० वटा चौपाया जलेर नष्ट हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी जरायोटारले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्