शेयर बजार दोहोरो अङ्कले ओरालो


 


काठमाडौँ, २४ भदौ

धितोपत्र बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोवार रकम भने बढेको छ । कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता शेयर रु ३२ करोड ७० लाख २५ हजार ७४१ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपपसमूहको शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । बैंकिङ ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत् १४.४३, वित्त १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादन ६.८१, अन्य ८.०८, माइक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४२ विन्दुले घटेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्