प्रचण्ड–मोदी भेटः धार्मिक सर्किटदेखि सगरमाथाको पानीको चर्चा
काठमाडौं, भदौ २४
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।
भेटका क्रममा मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् ।
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।
चण्ड–मोदी भेटवार्तामा धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरूको एक बृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरका रूपमा विश्वभर लैजान सहकार्य गर्नेबारे छलफल भएको थियो । प्रचण्डको सचिवालका अनुसार नेपाल–भारत सीमा समस्या
समाधानबारे पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरूको स्तरोन्नतिका विषयमा पनि चर्चा भएको थियो ।
प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार