नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा


 


काठमाण्डौँ भदौँ  २३

घरेलु टोली बंगलादेशलाई २ – ० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रबेश गरेको हो ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा करिव २० हजार घरेलु समर्थकलाई निराश तुल्याउँदै नेपालले बंगलादेशमाथि २–० गोलअन्तरको जित निकाल्न सफल भयो । रंगशालामा नेपालको समर्थनमा पनि सयौँ नेपालीहरु रहेका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । आजको खेलमा नेपालको जितमा नेपालका स्टार स्ट्राइकरहरु बिमल घर्तीमगर र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्