अब चीनबाट तेस्रो मुलुक, के हुन्छ नेपाललाई फाइदा ?


 


काठमाडौं, भदौ २३
अब व्यापारका लागि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ ।

तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको हो । कान्तिपुरमा खबर छ ।

बुधबार र बिहीबार चलेको दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि यस्तो सहमति भएको छ । सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो ।

नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् ।

नेपालले अहिलेसम्म भारत र चीनबाहेक तेस्रो मुलुकसँग व्यापारका लागि भारतको कोलकाता र विशाखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ ।

चिनियाँ बन्दरगाह प्रयोगले नेपाललाई चीननजिकको देशबाट सामान आयात निर्यातमा सजिलो हुनेछ ।

प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्