स्वास्थ्य चौकीमै दुषित पानी, विद्यार्थी पनि सोही पानी पिउँछन्


 


अंकुश कुँवर
कैलाली, भदौ २३
मानिसलाई लाग्ने अधिकांश रोगको स्रोत भनेको नै दुषित पानी हो । यही कुरा हामीलाई स्वास्थ्यकर्मीले नै सिकाउने गर्छन् । यसरी सिकाउने मानिस आफू पनि शुद्ध पानी पिउँछन् । तर, कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ चौमालास्थित चौमाला प्राथमिक स्वास्थ्य चौकीमा भने शुद्ध पानी नै छैन ।

भएको एक धारामा पनि दुषित पानी आउँछ । झण्डै पाँच वर्षअघि आर्टिनबाट निकालिएको पानी अहिले पूर्ण रुपमा धमिलो आइरहेको छ ।

धारा निर्माण गरेको दुई वर्षपछि धारामा कहिलेकाँही धमिलो आउने गरको भएपनि करिब डेढ महिनायता पानी पूर्ण रुपमा धमिलो आइरहेको प्राथमिक स्वास्थ्य चौकीका निमित्त प्रमुख ललितसिंह धामीले बताउनुभयो । उहाँले पहिले यही पानी पिउने गरेको भएपनि अहिले एक महिना यता भने पिउन छोडेको बताउनुभयो ।

स्वास्थ्य चौकीका स्टाफहरु पाँच मिनेटको बाटो हिडेर बाहिरको पानी ल्याएर काम चलाइरहेका छन् । निमित्त प्रमुख धामीकाअनुसार आर्टिजनको पाइप कमजोर भएर हल्लिन थालेपछि पानी फाहोर आउन थालेको हो ।

पानी फोहोर भएपछि स्वास्थ्य चौधीका स्टाफहरु धाराको पानी पिउन छोडेपनि त्यहाँ उपचारका लागि आउने विरामीका लागि सोही पानी प्रयोग गर्नुको अर्को विकल्प छैन । स्वास्थ्य चौकीमा पानीको अर्को स्रोत छैन । नभएर कि बाहिरै गएर पानी बोकेर ल्याउनुपर्ने स्थिति रहेको छ । अहिले स्वास्थ्यचौकीमा झण्डै ७०÷८० जना विरामी उपचार गराइरहेका छन् ।

अस्पताल व्यवस्थापन समितिलाई पानीको राम्रो व्यवस्थापनका लागि आग्रह गरेको निमित्त प्रमुख धामीले बताउनुभयो । ‘हामीले केही दिनअघिको बैठकमा पनि पानीको समस्याबारे अवगत गराइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘यसबारे वडाध्यक्ष, मेयरसापलगायत सबैलाई अवगत गराइसकेका छौं, बनाउने भन्ने प्रतिबद्धता आएको छ ।’

विद्यार्थी पनि खान्छन् सोही पानी
प्राथमिक स्वास्थ्य चौकीमा रहेको सोही धाराको पानी संगै जोडिएको मालिका माध्यामिक विद्यालयमा पनि गरिएको छ । वि

द्यालय र स्वास्थ्य चौकीबीचको वालमै बनाइएको आर्टिजनबाट निकालिएको पानी आधा विद्यालयलाई पनि दिइएको हो । सो पानी विद्यालयका विद्यार्थीहरु पनि खाइरहेका छन् ।

कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा जम्मा १ हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिषरमा स्वास्थ्य चौकीले दिएको पानी बाहेक अन्य पानीको स्रोत छैन । विद्यालय परिसर बाहिर भने पानीको धारा छ ।

स्वास्थ्य चौकीबाट ल्याइएको पानी फोहोर भएपछि एक महिना यता विद्यालयले विद्यार्थीहरुलाई सो पानी नपिउने भनेको बताएपनि साना कक्षाका बालबालिकाहरु सोही पानी खाइरहेका छन् ।

माथिल्लो तहका विद्यार्थीहरु विद्यालय बाहिर रहेको बोरिङको पानी खान जाने गरेको भएपनि साना बालबालिकाहरु यही फोहार पानी खाइरहेको विद्यार्थीहरु नै बताउँछन् । ‘धारामा पानी फोहोर पानी आएपछि ठूलो कक्षाका विथार्थीहरु गेट बाहिरको पानी खान जान्छ,’ कक्षा १० मा अध्ययनरत योगेन्द्र थापाले भन्नुभयो, ‘सानो कक्षाका भाईबहिनीहरु भने यताकै पानी खान्छन्, उनीहरुलाई खासै थाहा पनि छैन ।’

विद्यालयका शिक्षकहरु भने पानी फोहोर आएपछि विद्यार्थीलाई पानी खान नदिएको बताउँछन् ।

प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्