कालापानी भारतलाई बुझाउने प्रपञ्च, भारतीय सेनाकै कब्जा
काठमाडौं, भदौ २३
नेपाली भू–भाग कालापानी भारतलाई बुझाउने प्रपञ्च भइरहेको बुझिएको छ । लामो समयदेखि भारतीय सेना राखेर कब्जा गरिएको उक्त ठाउँ नेपालको नक्साबाटै हटाइएको छ ।
अर्कोतिर नेपाली कुटनीतिज्ञ तथा सरकारी अधिकारीहरू कालापानीबाट भारतले सेना नहटाउने अभिव्यक्ति दिइरहेका छन् । तर, उनीहरु उक्त भू–भाग फिर्ता पनि नगर्ने बताइरहेका छन् । अन्नपूर्णमा खबर छ ।
कुटनीतिज्ञ एवं पूर्वराजदूत प्रद्युम्नविक्रम शाहले एक सार्वजनिक कार्यक्रममा कालापानी र सुस्ता गम्भीर विषय भएको बताउँदै भारतले कुनै पनि हालतमा उक्त भू–भाग फिर्ता नगर्ने बताएका छन् ।
पूर्वराजदूत शाहको कालापानी र सुस्ता भारत–पाकिस्तानबीचको काश्मीरजस्तै समस्या भएको विश्लेषण छ ।
प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार