स्थानान्तरण गरि ल्याइएको अर्नाले बच्चा जन्मायो


 


चितवन, भदौ २२
ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन स्थानान्तरण गरी ल्याइएको अर्नाले दुई बच्चा जन्माएको छ ।

यसअघि साउन ३१ गते अर्को एक अर्नाले पनि बच्चा जन्माएको थियो । अर्नाले बच्चा पाउनुलाई संरक्षणमा सफलता भन्दै अधिकारीहरूले खुशी प्रकट गरेका छन्।

त्यसको एक हप्तापछि स्थानान्तरण गरि ल्याइएको अर्नाले बच्चा जन्माएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन सुरेन्द्र अर्यालले बताए।

स्थानान्तरण गरी ल्याईएको १५ मध्ये ७ पोथी र २ भाले बाँकी छन् । अर्नाहरू कोशीटप्पु वन्यजन्तु आरक्षबाट २०७३ माघ ८ देखी माघ २५ सम्ममा स्थानान्तरण गरी ल्याइएको उनले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरी ल्याइएकोमध्ये ६ वटाको मृत्यू भएको थियो ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्