ट्याङ्करले ठक्कर दिँदा दुईको मृत्यु


 


चितवन, भदौ २२
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति दुई जनाको मृत्यु भएको छ । दु

र्घटनामा परेर मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्