जग्गाधनीलाई थाहै नदिई करोडौंको जग्गा कर्मचारीबाटै बिक्री


 


काठमाडौं, भदौ २२
बूढानीलकण्ठस्थित चन्दनकृष्ण कायस्थको करिब १० करोड बराबरको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले बिक्री गरेको पाइएको छ । जुन कुरा उनलाई नै थाहा छैन ।

कर्मचारीले नक्कली जग्गाधनी खडा गरेर उनको ४० आना जग्गा बिक्री गरेको कुरा सार्वजनिक भएको हो । नयाँ पत्रिकामा खबर छ ।

मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाइएको छ । त्यसकैका आधारमा जग्गा बिक्री भएको खुलेको छ । घटना सार्वजनिक भएपछि प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई छन् ।

प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्