मोरङका १७ स्थानीय तहलाई सत्र करोड


 


विराटनगर, भदौँ २१

जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई रु एक/एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिले गत आव २०७४/०५७ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल रु २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो ।

जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि रु पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ । रासस

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्