पथरीशनिश्चरेमा बहुजातीय साँस्कृतिक तीज महोत्सव


 


मोरङ, भदौँ २१

मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा बहुजातीय साँस्कृतिक तीज महोत्सव सम्पन्न भएको छ । तीजलाई साँस्कृतिक हिसावले पनि सवावेशी पर्वका रुपमा विकास गर्ने उद्धेश्य अनुरुप नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत जातजातीका झाँकी, नृत्य प्रतियोगिता र सन्देशमुलक नाटक प्रस्तुत गरिएको छ ।

पथरीमा सम्पन्न कार्यक्रममा धिमाल, याख्खा छुम्मा, माझी जाति सहित संगीनी र वालनका प्रस्तुति समेत भएका थिए । ३० वर्षमाथिका महिलाहरुको एकल नृत्य प्रतियोगितामा अष्टलक्ष्मी सहकारीकि रिविता लिम्बू पहिलो, दिदी वहिनी सहकारीकी मीरा कार्की दोस्रो र विकल्प पैंचो सहकारीकी रश्मि राउत तेस्रो बनेर क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गर्नुभयो ।

भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशनमा महिला जनप्रतिनिधिहरुको समेत अभिनय रहेको नाटक ‘घाँटी हेरी हाड निलौं’ ले तीज सहितका चाडपर्वलाई भड्किलो नबनाउने सन्देश दिएको थियो ।

महिला जनप्रतिनिधिहरुले सामुहिक नृत्य गरेर अतिथिहरुलाई स्वागत गरेपछि सांस्कृतिक कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारी सहितले सांस्कृतिक अन्तरघुलनका हिसावले यसखाले तीज कार्यक्रम सन्देशमुलक बनेको बताउनु भयो ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्