भुटान बिरुद्ध नेपाल ४–० गोलअन्तरले विजयी


 


काठमाण्डौँ, भदौँ २१

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले भुटानलाई हराएसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले स्तब्ध भएको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्