निर्देशक समितिको बैठक बस्दै


 


काठमाडौं, भदौ २१
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्ने कार्यक्रम छ ।

प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १० बजे बैठक सुरु हुनेछ ।

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्नु हुनेछ ।

बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्