हेर्नेुहोस् आजदेखी पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ कति भयो ?


 


काठमाडौं, भदौँ २१

नेपाल आयल निगमले आजदेखी लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।

भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्