भारतका पूर्वप्रधानमन्त्री नेपाल आउँदै


 


काठमाडौंं, भदौ २१
भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा विहीबार नेपाल आउँदैछन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा उनी पशुपति दर्शनका लागि काठमाडौं आउन लागेका हुन् ।

पशुपतिमा पूजापाठपछि उनी राजनीतिक भेटघाटमासमेत सहभागी हुने जनाइएको छ ।

जनता दल सेक्युलरका अध्यक्ष रहेका देवेगौडा १ जुन १९९६ देखि २१ अप्रिल १९९७ सम्म १० महिना भारतका प्रधानमन्त्री थिए ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्