विदेशमा रहेका नेपालीलाई तत्काल मताधिकार असम्भव


 


काठमाडौं, भदौ २१
सर्वोच्च अदालतले कानुनी व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिन आदेश दिएपनि तत्काल असम्भव देखिएको छ ।

निर्वाचन आयोग तथा सरोकारवालाहरुले विभिन्न समयमा गरेका अध्ययनका आधारमा तत्काल यो काम सम्भव नहुने बताएको हो । नयाँ पत्रिकामा खबर छ ।

यो व्यवस्था गर्नका लागि विदेशबाट मताधिकारको व्यवस्था गर्दा जटिल र खर्चिलो हुने देखिएको छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगले विभिन्न देशमै पुगेर अध्ययन गरेको थियो ।

आयोगका अनुसार अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, मलेसिया, सिंगापुर, कतार, साउदी अरब, यमन र युएईसहितका विभिन्न देशमा गएर अध्ययन गरेको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्