झरना घुम्न जाँदा बेपत्ता भएका युवकको शव फेला


 


मोरङ, भदौँ २०

मोरङको मिक्लाजुङ गाउँपालिका– ५ स्थित कुलुङ झरना घुम्न जाने क्रममा चिप्लिएर तेली खोलामा खस्दा बेपत्ता भएका एक युवकको शव आज दिउँसो भेटिएको छ ।

साथीहरुसँग झरनामा नुहाउन र घुम्न जाने क्रममा चिप्लिएर तेली खोलामा खस्दा मंगलबार बेलुकादेखी बेपत्ता उर्लाबारी नगरपालिका – ३ मंगलबारे निवासी २० वर्षिय कृष्ण पौडेलको शव खोजी गर्ने क्रममा आज दिउँसो लेटाङ नगरपालिका – ८ स्थित खोलाको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्