ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


 


खोटाङ, भदौँ २०

खोटाङको दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अल्छेढुङामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन् ।

अल्छेढुङगाबाट रत्नपार्कतर्फ जाँदै गरेको को २ त १३८८ नम्बरको खाली ट्याक्टर बिहान ५ बजे सडकबाट अन्दाजी २० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक जिल्ला खोटाङ हलेसी–तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बस्ने २० वर्षिय प्रकाश राईलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

त्यस्तै घाईते हुनेमा ट्याक्टरका सह–चालक जिल्ला खोटाङ दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका–१ बस्ने वर्ष २० को सुजन राई रहेका छन् । घाइते राईको जिल्ला अस्पताल खोटाङमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्