विद्युत चुहावट गर्ने ७ जना नियन्त्रणमा


 


मोरङ, भदौँ २०

मोरङको बुढीगंगा गाउँपालिका – २ बाट गएराती विद्युत चुहावट गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएको व्यक्तिहरुमा बुढीगंगा गाउँपालिका–२ बस्ने ४७ वर्षिय राधेश्याम चौधरी, ६० वर्षिय उजरलाल माझी, १७ वर्षिय विवेक विश्वास, ३० वर्षिय रामचरण ऋषिदेव, ४५ वर्षिय परदेशी ऋषिदेव, ४० वर्षिय दिनेशकुमार माझी र ३५ वर्षिय मनु सरदार रहेका छन् ।

नेपाल विधुत प्राधिकरण बिराटनगर, वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको विद्युत चुहावट अनुगमन टोलीले राती ८ देखि १२ बजेसम्म गरेको चेकजाँचका क्रममा विजुलीको पोलबाट विधुत चोरी गरेको फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्