अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सिफारिस


 


काठमाडौं, भदौ २०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

२०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेलाई बुधबार बसेको संवैधानिक परिषदको बसेको बैठकले प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्