पाकिस्तानले दियो भारतलाई यस्तो चेतावनी


 


modi - sarifकाठमाडौं, असोज १५

भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ । विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो ।

महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिए । प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाए ।

पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताए । गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गरे ।

उहाँले नेपालको नाकाबन्दीको संयुक्त राष्ट्रसंघमा सांकेतिक उदाहरण प्रस्तुत गर्दै आफूलाई शक्तिशाली देखाउन साना देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिए । आफ्नो सम्बोधनका क्रममा शरिफले विवादित काश्मिर मुद्दालाई समेत राष्ट्रसंघ महासभामा जोर तोरका साथ उठाउँदै भारतविरुद्ध बोलेका थिए ।

प्रकाशित मिति: १५ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्