सुत्केरीको मृत्युपछि तनाव, अस्पतालमा तालाबन्दी


 


पाँचथर, भदौ २०
स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि याङवरक गाउँपालिका–३ स्थित स्वास्थ्यचौकीमा तनाव भएको छ ।

याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको चिकित्सको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रेका छन् ।

स्थानीयले सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको भएपनि चिकित्सकले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् ।

मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताउनुभयो । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् । रासस

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्