पोखरीमा डुबेर दुई बालकको मृत्यु


 


पर्सा, भदौ २०
पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । डुबेर वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ । रासस

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्