यस्तो छ आज सुनचाँदीको मूल्य


 


काठमाडौं, भदौ २०
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य भने घटेको छ । सुन आज पनि प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तर, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय १० रुपैयाँमा कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्