खोसियो पूर्वमुख्यसचिवको पदक
काठमाडौं, भदौ २०
राष्ट्रपतिको हातबाट सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ ।
उनी वहालमा छँदै मुख्यसचिवको पद छोडेर एडीबीको जागिर खान विदेशिए थिए । अन्नपूर्णमा खबर छ।
उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए ।
सोही सरकारले पुर्वाग्राही भएर आफूले पाएको पदक खोसेको उनको आरोप छ । उनी विदेशिएपछि उनको नेपालमा चर्को आलोचना भएको थियो ।
प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार