ट्राफिक नियम उल्लंघन गर्नेलाई खाजा र गुलियो चकलेट


 


काठमडौं, भदौ २०
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना उल्लंघन गर्ने सवारी चालकलाई प्रहरीले खाजा र चकलेट दियो ।

प्रहरीको छड्के जाँचका क्रममा ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिदै गएपछि चाकललाई लज्जाबोध होस् भनेर प्रहरीले यस्तो तरिका अपनाएको हो । कान्तिपुरमा खबर छ।

प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद नै काटेन। थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही नै भएकाले यस्तो गर्नुपरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्