सुनको मूल्य फेरि बढ्यो, कति छ आज ?


 


काठमाडौं, भदौ १९
बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतिताला ५७ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्