नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा


 


मोरङ, भदौँ १८

मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले आईतबार साँझ नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको गस्ती टोलीले सुन्दरहरैचा नगरपालिका–७ स्थित गछिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा उठाउदै गरेको को २ त ६७००, को २ त ६३८२, को २ त ६८४९, को २ त ७५४९ र को २ त ६९१९ नम्बरको ट्याक्टरहरुलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई आज कारवाहीका लागि जिल्ला समन्वय समिति, मोरङमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्