सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ? हेर्नुहोस


 


काठमडौं, भदौ १८
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भएकाको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्