विराटनगरमा आज ५१ औं राधाकृष्ण रथयात्रा निस्किदै


 


बिराटनगर, भदौ १८

विराटनगरमा आज ५१ औं राधाकृष्ण रथयात्रा निस्किदैछ । रथयात्रा दिउँसो ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी तय गरिएको छ ।

भक्तजनहरूका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ । ५१ औं रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने समितिको दाबी छ ।

प्रदेश सरकारले आज मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरी सकेको छ । १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्