अब एकल पुरुषलाई पनि भत्ता !


 


इलाम, भदौ १८
सरकारले श्रीमानको मृत्यु भएका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । तर, पुरुषका लागि भने त्यस्तो व्यवस्था गरेको छैन ।

तर, इलामको देउमाई नगरपालिकाले अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वाफत भत्ता दिँदैछ ।

नगरपालिकाले यस वर्ष दुई सय पुरुषलाई भत्ता दिँदैछ । श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेका पुरुषको हकमा भने ६० वर्ष उमेर पुग्नुपर्नेछ ।

नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् ।

नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरिएको नगर प्रमुख सूर्य पोख्रेलले बताए । नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्