गर्भवती महिला बलात्कार गरेको आरोपमा तीन जना पक्राउ


 


कपिलबस्तु, भदौ १८

कपिलवस्तुको विजयनगर गाउँपालिकामा वडा नम्बर ७ परसोहियामा सात महिनाको गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीन पक्राउ परेका छन् ।

प्रहरीले विजय नगर गाउँपालिका, ७ का २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वर्षाती केवट र ४० वर्षीय प्रह्लाद केवटलाई पक्राउ गरेको छ ।

गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा उनका श्रीमानले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४२ वर्षीय वर्षाती केवट र ४० वर्षीय प्रह्लाद केवट सहयोगमा २८ वर्षीय बकन्चु केवटले महिलालाई बलात्कार गरेको आरोप छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्