डिगवीर धनमाया प्रतिष्ठानको नयाँ कार्यसमिति चयन


 


काठमाडौं, भदौ १७
डिगवीर धनमाया प्रतिष्ठानले नयाँ कार्यसमितिको चयन गर्दै आफ्नो अठारौं साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्षमा रवीन्द्र अधिकारीलाई चयन गरेको छ ।

उपाध्यक्षमा भोजपुर हेर्नेगरी शिब बहादुर अधिकारी तराई हेर्ने कोमलबहादुर अधिकारी र काठमाडौं हेर्ने उपाध्यक्षको जिम्मेवारी पर्शुराम अधिकारीलाई दिएको छ । महासचिवमा केशब अधिकारी मनोनित भएका छन् ।

आगामी २ बर्षे कार्यकालको लागि प्रतिष्ठानको सचिवमा सुदीप अधिकारी चुनिएका छन् । कोषाध्यक्षमा दीपक बहादुर अधिकारी मनोनित भएका छन् भने सदस्यमा क्रमश रमादेवी थापा, महेन्द्र अधिकारी, ज्ञानेन्द्र अधिकारी, गायत्रा दाहाल, रबिन्द्र रोकाहा, प्रमोद कार्की, शुभास अधिकारी र कोपीला अधिकारी चुनिएका छन् ।

काठमाडौंमा प्रधान कार्यालय रहेको यस प्रतिष्ठानले आफ्नो साधारण सभा ज्ञानेश्वर,काठमाडौंस्थित ज्ञान बिकास आधारभुत बिद्यालयका् सभा हलमा सम्पन्न सँगै तीज बिषेश कार्यक्रमको पनि आयोजना गरेको थियो ।

तिजको खुसीयाली मनाउन प्रतिष्ठानको भोजपुर कार्यक्षेत्रमा खासगरी साल्पासिलिछो गाउँपालिकाको चौकीडाँडाबाट आई काठमाडौं उपत्यकामा बसोबास गर्ने चेलीबेटीको उपस्थिति थियो।

विंसं २०५७ सालदेखी निरन्तर भोजपुर जिल्लाभरमा एसएलसीमा उच्च्तम अंक ल्याई प्रथम हुने बिध्यार्थीहरुलाई प्रतिष्ठानद्वारा प्रदान गरिने पुरस्कार यसपालीको एसईईमा सर्वाेत्कृष्ट अंक ल्याई जिल्ला प्रथम हुने छात्रा दीना दाहाललाई प्रदान गरिने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

३.६ जिपीए प्राप्त गरी भोजपुर जिल्ला प्रथम दाहाल सिद्धेश्वर माबि, दाँवाकी छात्रा हुन् । कक्षागत रुपमा उत्कृष्ट हुने धेरै विद्यार्थी पनि प्रतिष्ठानबाट पुरस्किृत हुने अवसर पाएका थिए ।

यो प्रतिष्ठान तत्कालिन समयमा जिल्लाको चौकीडाँडामा अशिक्षाको कालो अन्धकार हटाउन डिकबिर अधिकारी र वहाँकी धर्मपत्नीले बिध्यालय तथा पाठशाला स्थापना गरि समग्र क्षेत्रमा शिक्षाको ज्योति छर्न खेल्नुभएको योगदानको संझनामा केही युवा मिली बिसं २०५७ मा काठमाडौंमा प्रधान कार्यालय रहने गरी स्थापना गरिएको थियो ।

प्रतिष्ठानले शैक्षिक सँगै सामाजिक र अन्य बिकासका काममा पनि अग्रसरता लिने निर्णयहरु गरेको छ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्