मोरङमा डुबेर दुई बालकको मृत्यु


 


मोरङ, भदौँ १७

मोरङको कानेपोखरी गाउँपालिकामा आज खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका ६ बर्षिय छोरा रेशम दर्जीको मृत्यु भएको हो ।

आज बिहान ८ बजे घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै कानेपोखरी गाउँपालिका – ३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर बिशाल राईको दुई वर्षिय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्