विराटनगरमा निकालिने रथयात्राको सम्पूर्ण तयारी पूरा


 


विराटनगर, भदौ १७

विराटनगरमा भोली दिउँसो निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ । त्यस्तै १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो ।

आकर्षक सो रथ प्यागोडा शैलीको बनाइएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको छ भने रथयात्राको क्रममा हेलिकप्टरबाट पुष्प वृष्टि गराउने व्यवस्था मिलाइएको छ ।

रथयात्राको शोभा बढाउन नेपाल भारतका हजारांै दर्शक सहभागी हुने भएकोले सो दिन प्रदेश सरकारले सुनसरी र मोरङ जिल्लामा बिदा दिने निर्णय गरेको छ । रथ निकालिने मार्गमा विराटनगर महानगरपालिकाले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको छ । रथयात्राको क्रममा बजारमा हुने भीडलाई स्थानीयवासीले स्वस्फूर्त रुपमा चिसो पानी खुवाउने प्रचलन पनि छ ।  रासस

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्