पूर्वका चिया मजदुर आन्दोलित


 


झापा, भदौँ १७

सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् । सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र बीमासहितको थप सेवा सुविधा नपाएको भन्दै प्रदेश १ का चिया मजदुर आन्दोलित बनेका हुन् ।

चिया बगान मालिकले नयाँ श्रम ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद गरेकाले आफुहरु आन्दोलनमा उत्रनुपरेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ्ले बताउनुभयो । चिया मजदुरले सरकारले लागू गरेको पारिश्रमिकसहितको सेवा सुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन बिदा हुनुपर्नेलगायतका सुबिधाको माग पनि गरेका छन् ।

देशभरका चिया बगानमा चिया टिप्ने समयमा ५० देखि ६० हजार मजदुरले काम गर्दछन् भने नियमित रुपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गर्छन् । झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा हजारौं मजदुर कार्यरत छन् । उनिहरुले दैनिक ८ घण्टा काम गरेपनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाईरहेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्