हात्तीले दुम्सेका आधा दर्जन घरमा क्षति


 


झापा, भदौँ १७

झापाको दमक–३ स्थित दुम्सेमा गएराती जंगली हात्तीले उप्रदो मच्चाउदाँ त्यहाँका आधा दर्जन बढीक घरमा क्षति पुगेको छ ।  वडाध्यक्ष नविन बरालका अनुसार दुम्से बस्तीसंगै जोडिएको हंसेदुम्से सामुदायिक बनबाट राती ८ वजे र पुनः २ वजे तिर आएको ५ वटा जंगली हात्तीले त्यस बस्तीका टंक बराल,दुर्गादेवी वराल,खेमराज काफ्ले,ललित प्रधान,मानबहादुर कुरुम्बाङ र गोपाल तामाङको घरमा क्षति पुगेको हो ।

हात्तीले घरमा राखेका अन्नबाली खानुका साथैं घरमा समेत आक्रमण गरि क्षति पुर्याँएको वडाध्यक्ष बरालले बताउनुभयो । हात्तीलाई गाउँँले,प्रहरीको सहयोगमा रातीनै जंगलतर्फ धपाइएको थियो । बर्सेनी त्यस क्षेत्रमा जंगली हात्तीले सताउदै आएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्