लागूऔषधसहित माझी दम्पत्ती समातिए


 


झापा, भदौँ १७

प्रतिवन्धित लागूऔषधसहित एक दम्पत्ती कारोवारीलाई झापाको दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–५ का प्रकाश माझी र कविता माझी रहेको र उनीहरुको साथबाट ३७६ एप्पुल प्रतिवन्धित लागूऔषध समेत वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताउनुभयो ।

प्रनाउ सुब्बाका अनुसार गोप्य सूचनाका आधारमा शनिवार प्रहरीको विशेष टोलीले अन टेष्ट पल्सर मोटरसाईकलमा सवार द्धय माझीलाई कमल गाउँपालिका–५ स्थित लवडाँडा भन्ने सडकखण्डबाट माझी दम्पत्ती समातिएका हुन् ।

प्रहरीले अभियुक्तको झोला तथा शरीरमा लुकाइछिपाई ल्याउदै गरेको अवस्थामा प्रतिवन्धित लागूऔषध बरामद गरेको हो ।  पक्राउ परेका कारोवारी विरुद्ध प्रहरीले आजनै जिल्ला अदालत झापामा लागूऔषध ऐन अन्तर्गत मुद्धा दर्ता गरिने प्रनाउ सुब्बाले बताए ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्