सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ १७
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । सुन आज प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्